आफ्नै थियो, आफ्नै भएर मन पराएको थिएँ। कुनै दिन भोकै बसिन्थ्यो, कुनै दिन टन्न भएर। सँगसँगै खेलियो, सँगसँगै झगडा गरियो तर टाढा भागिएन. गाउँमै बसियो। माया लाग्छ नि यार!
बाल्यकालका ती दिन, झलझली सम्झना आउँछ नि सँगै विद्यालय गएका दिन। तर आज एक बिरानो सहरमा आएका छौँ। थप जिम्मेवारीले गर्दा सँगै छैनौँ तर याद ताजा छ। यो मन त हो नि साथी, भुल्न गाह्रो हुँदो रहेछ।
परिस्थितिले गर्दा कहिलेकाहीँ आँखा रसाउँछ तर के गर्नु नि साथी? काम गर्नुपर्यो। फेरि त्यही परिवारको गरिब स्थिति देख्न मन लाग्दैन। केही परिवर्तनको सङ्केत आयो कि? भन्ने सोच कहिलेकाहीँ मन, मस्तिष्कमा आउँछ। तर एकचोटि सपनामै छु कि जस्तो लाग्छ। ठिकै छ साथी! अब देशको बिजोग देखेर फेरि गाउँ पनि के जानु जस्तो लाग्छ।
मैले हाम्रो पुरानो फोटो हेरेँ नि यार! अस्ती साईलाको पुरानो डायरी पढेँ। अरे! उहाँले अहिलेसम्म पनि त्यो डायरीलाई सकुशल सजायर राख्नु भएको रहेछ। जे होस्, खुसी लाग्यो। आमा भन्ने गर्नुहुन्थ्यो, 'तिमी बाल्यकालमा एकदम लजालु, निष्ठा प्रकारका थियौँ।' आम्मामा! अचम्म लाग्छ, अहिले अर्कै रुप ढाल देख्दा।
आज पनि मैले धेरै साथीहरू गुमाएँ। कोही साथीको क्यान्सरका कारण मृत्यु भयो र कोही साथी यात्रा गर्दा दुर्घटनामा परेर मृत्यु भयो। ती विगतका हाम्रा स्मरणीय पल ताजा नै छन् यार। आज धेरै नै याद आयो तिमीहरूको।
बालापनमा कुनै पनि खेल खेल्दा हिलो, गिलो माटो भनेनौँ। सँगसँगै खेलियो, एकअर्कालाई माया पनि गरियो तर झगडा पनि। अहिले हामी सँगै भैदिएको भए पनि कति रमाइलो कुराकानी हुन्थ्यो होला है! अरे साथी, पल्ला घरे हजुरआमा पनि तिमीहरूलाई सम्झिन्छिन्, हामीले उनको मैकैबारीमा भलिबल खेलेको।
गाउँमा चाडपर्व दसैँ, तिहार र होली आउँछ तर मलाई न आएजस्तो न गएजस्तो, केही महसुस हुँदैन यार। हामी पनि अतीतमा दसैँ मनाउन अर्को गाउँ गएका थियौँ। त्यही गाउँको याद आउँछ अनि मलाई केहीँ पनि अनुभूति हुँदैन। त्यसैले चाडपर्व पनि मलाई फिक्का लाग्न थाल्यो आजभोलि।
साथी, याद होला नि है? हामी स्कुलबाट कहिले आधा पिरियड पढेर भाग्थ्यौं। त्यसपछि आफ्नै गाउँको तालमा माछा मार्ने। आहा! कति रमाइलो है! माछा मार्ने अनि सबैलाई समान बाँड्ने हाम्रो त्यो बानी। अब के आश गर्नु यार, महिनामा एक/दुई दिन बजारबाट किनेर खान्छु माछा। एक्लै जाने मनले मान्दैन।
अनि सुन न, तिमीले पनि पल्लो गाउँको संगीतासँग प्रेम गरेको हौ रे! उसले भन्दै थिई मलाई यार। अस्ती घरबाट आएकी रहिछिन् उनी अन लगभग एक घन्टा जति हाम्रो कुराकानी भयो। बाल्यकालका कुराहरू पनि भन्दै थिइन् उनी। तिमीहरूको धेरै नै याद आउँ रे।
मलाई भन्दै थिइन् कि उनी, 'तिम्रो साथीले मलाई माया गर्ने रहेछन्, मलाई थाहा थिएन। १० कक्षाको बिदाइ कार्यक्रममा मेरो साथीले मलाई भन्दै थियो। तर विडम्वना त त्यो थियो कि, तिम्रो साथीले मलाई केही प्रेम प्रस्ताव पनि राखेन। परिवारको आर्थिक स्थिति, बाधाले पनि म बिहे गर्ने बाध्य भएँ। के गर्नु? समयले मलाई साथ दिएन।'
ठिकै छ साथी, संसारम कोही व्यक्ति पनि अमर हुने होइन, सबैको मृत्यु नै हुने हो। तर ढिलो-चाँडोको मात्र कुरा। समय पनि कति निष्ठुरी है साथी! फर्केर आउँदैन, एकोहोरो बगेको बग्यै। म पनि कहिलेकाहीँ सोच्छु कि यो स्वार्थी संसारमा बाचेर पनि काम नै लाग्दैन कि क्या हो? तर एकैछिन पछि सम्झिन्छु कि, अरे! मसँग मेरो आफ्नै परिवात छ, बुवा-आमा छन्। जे होस उनीहरूलाई पनि आश लाग्छ होला मेरो।
बुढेसकालमा काम लाग्ला, हाम्रो सेवा-सुसार गर्ला भन्ने कुराले मात्र हो साथी, जिम्मेवारीपूर्वक आफ्नो छोराछोरीको पनि सपना पूरा गरौँ कि। जिन्दगी हो यार, कहिले दु:ख कहिले पीडा सहनु पर्यो। कष्ट, दु:ख नगरेर कोही पनि सफल भएका होइन भुन्नुहुन्छ, बुवाआमा।
यस्तै भयो साथी अब हामी सँगसँगै हुन पएनौँ। अब अर्को जुनीमा सँगै धेरै बाचौँला। त्यो बादल पारिको सुन्दर स्वर्गमा म पनि एकदिन अवश्य आउने नै छौँ।