त्यो लाठ्ठी डुम
अनि त्यो फिर्फिरे
त्यो कागजको
हवाईजहाजमा
पठाइएका अनेकन
चिठीहरू
लुकामारी खेल्दा
शरीरभरि लागेका घाउ
अनि बिसेक हुन्छ भनि
लगाउने माटोको मल्हम
हराउँछन् कि केही गरी
चट्टि खेलको लडाइँ
चोर पुलिसको भगाइ!
भाँडाकुटी खेली घर फर्किंदा
आमालाई देखी ओठभरि
छ्याताछुल्ल भै छरिने खुसी
बुवाले जतन गरी राखी
सुनाउने गाउँखाने कथाहरू
टायरलाई गुर्क्याएर पार गरिने
ती अनगिन्ती पाइलासँगै
हराउँछन् कि कतै
लुकामारीको भगाइ
अनि टौवाको त्यो लडाइँ!