तपाईं र मेरो बस्ने ग्रह एउटै मात्र नभएर
ताप्ने ताप एउटै सूर्यको अनि भिज्ने र भिजाउने
पानी त्यही वायुमण्डलको हो विद्वत
त्यसैले
म तपाईंलाई तपाईं भन्न कहिल्यै हिम्मत गर्दिनँ
तपाईं मलाई तपाईं भन्न कहिल्यै हिम्मत नगर्नुहोस्।
म यो हुँ वा म त्यो हुँ, मैले यो गरें वा मैले त्यो गरें
म यो गर्नेवाला छु र म त्यो गर्नेवाला छु भन्नु
कुनै पनि कुराको दाबी गर्नु राम्रो या नराम्रो कुन्नी
तिमीसँग भएका सबै उपहारहरू उधारिएका छन्
सायद याद होला महाशयको आफ्नो उदारोमा छ भन्ने।
सूक्ष्म, दुर्लभ र क्षणिक अनि पार्थिव खोलमा दम्भ नै
के पालनपोषण गर्नु, तपाईंका लागि, आफै हरेक हो
कर्तुत पालक बने त्यो अदृश्य कालले तपाईंको मन र
मस्तिष्कलाई हरेक पल कालझैँ बनेर घोचिरहनेछ
तर तपाईं प्रकाशको विस्तार बाहेक अरू केही होइन
जो एकताबाट निस्कन्छ र मानव दृष्टिबाट पर्दा
अनन्तः न्यानोमा डुबाउन, तिमीले आफैलाई थाहा पाउनेछौ
जसको प्रतिवेदन ब्रह्माण्डका कुनै प्रयोगशाला नबनेको
र कुनै प्रयोगशालाले दिन सक्ने छैनन्।
तर जब तपाईंको खोल भाँचिन्छ र तपाईंको प्रकाश
परावर्तन भई स्रोतमा फर्कन्छ तब छचल्किन्छ तपाईंको
असली अनुहार जो दुनियाँको नजरले पाना-पाना पल्टाई-पल्टाई
अध्ययन हुनेछ र बुझ्नेछन् साराले जो छन् तपाईंका आफ्ना शैली
अनि तपाईंलाई म तपाईं भनुला र तपाईंले मलाई।