कठैबरा!
कसले सम्झाइदियोस्
मानव जाति तिमीलाई अनि
तिम्रो कमजोरी
कसले औँलाइदियोस्
खुसीको भाव आफै
बहन्छ महोदय
बार-बार बोलेर यकिन
दिलाउनु क्रूरता हो।
कठैबरा!
कसले सम्झाइदियोस्
तिमीलाई अनि
तिम्रो कमजोरी
कसले औँलाइदियोस्
सोचको घेराइ जति
फराकिलो हुन्छ
अनि
बोलीमा शब्दको जति
तौलाइ हुन्छ
महोदय,
जीवन त्यति नै सहज हुन्छ
कठैबरा!
कसले सम्झाइदियोस्
तिमीलाई अनि
तिम्रो कमजोरी
कसले औँलाइदियोस्
आफ्नो कर्म नियाल
महोदय
अरुको भाग्य खोताल्दा
तिम्रो भावी पुस्ता पनि
त्यही खाडलमा डुब्छ।
कठैबरा!
कसले सम्झाइदियोस्
तिमीलाई अनि
तिम्रो कमजोरी
कसले औँलाइदियोस्
अड्कल बाजीमै
आफै न्यायाधीश नबन
महोदय
तिम्रो फितलो मनको
कानुनले कसैलाई न्याय दिँदैन
कठैबरा!
कसले सम्झाइदियोस्
तिमीलाई अनि
कसले औँलाइदियोस्
तिम्रो कमजोरी
खुसीको भाव आफै
बहन्छ महोदय
बार-बार बोलेर यकिन
दिलाउनु क्रूरता हो।
कठैबरा!
कसले सम्झाइदियोस्
तिमीलाई अनि
कसले औँलाइदियोस्
तिम्रो कमजोरी
कठैबरा!