कस्तो निर्दयी पीडा, प्रसव वेदना
चिच्याहट, छपटाहट, जलन अनि तड्पाहट
सहन अनि आराम
मानौं अजंगको भारी बिसाएझैं
यानी धर्तीमा प्रादुर्भाव
बाल चिच्याहट
उल्लाससँगै
तातेताते र को खा, को खा हुँदै
पास्नी, न्वारन
खरीपाटी अनि पाठशाला
नत्र
भेडाबाख्रा अनि वस्तुगोठ
पुनः व्रतबन्ध चुडाकर्म आदि
जन्म अनि कर्मदाताकै तिरस्कार
मानौं आफै संसारको ज्ञाताझैं
पराया शरीरसँग मित्रता
संघर्षको सुरुआत
प्रेम, त्याग अनि बलिदान तर निरस
जीवनको निरन्तरता, धमिराको प्रवेश
इच्छा प्राप्तिमा विपरीत सोचाइ
देखासिकीले उर्लोदो महत्त्वकांक्षा
पराईहरूको सल्लाह प्रिय
त्याग बलिदान समर्पणको निन्दा
आडम्बर सम्पन्नताको तर खोक्रो
फेरि चिच्याहट, छटपहटाहट, जलन
अनि समवेदनाको सहर्ष हत्या
फेरि
नितान्त एक्लो महसुस
कोलाहलको सुरुआत
विचलितताको क्षण
कारण
निकम्मा पानीको फोकाझैं
प्रतिस्पर्धा कुठाराघात अनि विवशता
आक्रोषित निचोड
आवेश, क्रोध, अनि कायरताको प्रर्दशन
पासो अनि घाँटी
नत्र
आत्मदाह
पुनः चिच्याहट, छट्पटाहट, जलन अनि वेदना
तर निरर्थक
शून्य उपलब्धि
मुक्ति?
अहँ! केबल आत्मा र शरीरको बिछोड
जीवनको पूर्णबिराम
बस
दुई गज कपडा अनि
एक टुक्रा जमिन
नत्र खरानी, मात्र खरानी!