बा भन्नुहुन्छ छोरो ठूलो भएछ
राष्ट्रियता र नैतिकताक कुरा गर्ने भएछ
तर जब यहीँ छोरोले चुनावताका आफ्नो राय दिन्छ
तब बा सिद्धान्तको कुरा गर्नुहुन्छ
आखिर सिद्धान्त केका लागि?
एकपटक सम्झिनुस
आफ्नो र आफ्ना परिवारको आवश्यकता
पूरा गर्न नसकेपछि
मेरा दक्ष र योग्य बा
सपनाको भारी बोकेर खाडी पस्नुपर्यो
आफ्नो त्यो पल सम्झनुस् र
अहिलेको यो पल हेर्नुस्
फरक के छ?
सिद्धान्तकै कारण
गुण्डा सदनमा बसे
सक्षम युवा खाडी पसे
आज यो देशक हरेक क्षेत्रमा घोटाला छ
कानुन पनि उतै ढल्कन्छ जता नोटवाला छ
पहिले सयौंको सङ्ख्यामा युवा विदेश पस्थे
अहिले लाखौंको सङ्ख्यामा युवा विदेश पस्छन्
सिद्धान्तका छातामुनि बस्नेले नातावाद मात्र
सोचेका छन्
सक्षम युवाले पनि तातो मरुभूमिमा रातो रगत बगाउने
कष्ट भोगेका छन्
गिद्धे नजर राख्ने भ्रष्ट नेताले देश खोक्रो पारे
छिमेकीलाई खुसी बनाउन जङ्गे पिल्लर उतै सारे
राज्यको अर्थतन्त्रलाई तहसनहस पारे
भ्रष्टको सूचीमा कैयौं देशलाई पछि छाडे
अब बेला आयो बा
तपाईं सिद्धान्तभन्दा माथि उठ्नुपर्छ
राष्ट्रका वीर पुर्खा, वृद्ध र युवा सम्झेर
स्वस्तिक छाप समाउनुपर्छ
नेपाल आमाले गफभन्दा पनि
आफ्ना योजनालाई नेपाली माटोमा ढाल्न सक्ने
क्रान्तिकारी खोजेकी छन्
अब हामी सबैले दक्ष र सक्षम
युवा नेतृत्व रोज्नुपर्छ।