तिमीलाई यति पर्खिन सक्छु
मानौं म शरदमा छु, मलाई वसन्त चाहिन्छ
तिमीलाई यति चाहन्छु
त्यसको सीमा हुँदो हो त
मैले तिमीलाई सम्झिएको पल जोखिँदो हो त
संसारकै गरुङ्गो भारी म बोकिरहेको हुन्थेँ होला
घनघस्याको उकालोमा
काँधमा पचास किलोको भारी हालेजस्तै
तिम्रो यादका भारीहरू त
टनमा छन्, म कसरी थेग्न सकुँला
तिमीलाई पाउने उतकृष्ट चाह
तिमी मुस्कुराउँदा हुने खुसी
तिमी नै यो जन्ममा मेरो निम्ति उपहार
संसारकै सुन्दर तिमी
किन संसारमा विश्व सुन्दरी प्रतियोगिता हुन्छ
तिमीलाई नै सुन्दरीको ताज पहिराइदिऊन् न
खैर छोडदेऊ
त्यो उनीहरूको प्रतियोगिता हो
तिमी मेरो पो सुन्दरी
मेरो लागि पो विश्व सुन्दरी
तिमीलाई पाउनु मेरो लागि
कोहिनूरको हिरा पाएजस्तै
समुन्द्रको मुटु डायमण्ड पाएजस्तै
तिम्रो समीपमा मिलोस् खुसी
आमा पछिको बिँडो तिम्ले थामेको देख्न सकूँ
यही त हो एक युवाको चाह
लोभ भन या प्रेम
पागल भन या प्रेमी
हो, म त्यही हुँ।