न आफैले आफैलाई चिन्न सकेँ
न अरुलाई मेरो अस्तित्व चिनाउन सकेँ
कस्तो अचम्म यो समय पनि
समयका हरेक समयमा म आफैलाई नियाल्दै बस्न थालेछु
न म तिमीले भनेजस्तो बन्न सक्छु अनि तिमी मैले भनेको जस्तो
त्यसैले
बडो अजीव छ म भित्रको म।
तिमी हुँदै गर्दा मेरो म हुन सकिनँ तिम्रो
जीवनले कुन मोडमा पुर्याइदियो
हो, म तिमीलाई प्रेम गर्छु तर म तिम्रो हुन सक्दिनँ
यस्तै छ म भित्रको म।
सुनेको हौला नि है
मदनको यादमा मुना सकिएको
हो, म तिम्रो यादमा आफैभित्र सकिएको छु
हेर न, यस्तै छ म भित्रको 'म'।