कविता
मैले यिनै ओठका डिलमा सजाउने त्यो खुसी! (२)
हजुरको टेकाइमा परेका हरेक चट्टानलाई थाहा होला
हरेक ठक्करको दुखाइलाई थाहा होला
तर थाहा त केबल मलाई मात्र भएन बाबा,
मलाई मात्र भएन!!
अबोधपनको रथलाई हाँकेर जो हिँड्ने म,
त्यो चंगे उमेरमा, के नियाल्थेर?
ती औंलाका डर लाग्दा दागहरू!
रेखा ओइलाएका पाइलाहरू!
प्रचन्ड घामले दिएका छापहरू!
समुन्द्रसरी कहिल्ल्यै नटुङ्गिने मेरा प्रश्नहरू
तर मेरो मुखमा अबुजपनको एउटा दाग पनि नबस्ने गरी उत्तर दिन कम्मर कस्थ्यौ।
अब पालो छ तपाईंको प्रश्नको
के म पूरा गर्न सकूँला त त्यो गुनासो?
कुर्थ्यौ होला दशैं आफ्ना लागि एक जोड कपडा जोड्न
मेरा लागि त हरेक महिना दशैं बनायौ
ऐश्वर्य भुलायौ मलाई स्कुल छोड्न!
तर आज (२) परीक्षा मेरो छ
ऐश्वर्यको डुबुल्कीमा पाउडिने म
बाबाका ती मेटिएका रेखालाई फेरि जोड्न सकूँला त?
जोड्न सकूँला त?
ती खस्रा बाहुले धेरै कथा रचेका छन्
कालिला यी हातले के बुज्लान त त्यसका गाथा ?
बुज्लान त त्यसका गाथा ?
मैले नाग्नु पेर्ने त्यो अवरोधहरू
हजुर्ले सजिलै होच्चाइदिद
फूर्ति जहिले मेरै हुन्थ्यो
तर अब ति अबरोधहरु थाकेका खुट्टा बुढा आँखा बने,
के मैले,
त्यो योवनलाई फेरि फर्काउन सकूँला त बाबा ?
फर्काउन सकूँला त ?
बाबा का ती काँधमा बस्दा
सगरमाथा नै होचो लाग्थ्यो
हजुर ले यो काँधलाई खोज्दा लठ्ठीसम्म दिन सकूँला त बाबा ?
दिन सकूँला त ?
मेरै जिन्दगी सिगार्दा सिगार्दा
सेता ती उमेर भएछन्
फुलेका तिी कपाललाई
के रंगाउन सकूँला त बाबा ?
रंगाउन सकूँला त ?
सार संसार देखाएर माइती छोड्न पर्ने आज
साइनो अन्तै गाँसिएनी मनमा छ हजुरकै राज
आमालाई भूमि भन्छौ भने(२), बाबा हजुर मेरो सिंगो आकाश!
बाबा हजुर मेरो सिंगो आकाश!