वर्ष दिनको तीज आयो सवै जान्छन् माइत
मै चेलीको माइत जाने आएन साईत
सात डाडाँ कटाएर दियौं मलाई पराई घर २
यसपालिको तीजमा नि ओइली गए रहर २
वर्ष दिनको तीज आयो....
माइती राजा लिन आएन्न म दुःखी चेलीलाई २
मनको दुःख पोख्ने मैले खोइ कुन्नि कसलाई २
वर्ष दिनको तीज आयो.....
साथी संगी रमाउँदै जान्छन् माइती घरमा २
रूदैँ रुँदै बस्नुपर्ने कस्तो यो कर्म २
वर्ष दिनको तीज आयो....
माइती लिन आए पनि म नि जान्थेँ होला नि २
रमाउँदै खुशी हुँदै तर्थेँ खोला नि २
वर्ष दिनको तीज आयो.....