यस्तो गहिरो एक्लोपना छ
शब्दमा ब्यान गर्न खोज्दा
अक्षरहरू नै तितरबितर भैदिन्छन्
जीवनको घाउपीडा बारम्बार बल्झिरहन्छ
व्यक्त गरोस् त कसलाई आफ्नो एकान्तपन
सबैले उसलाई एकदमै खुसी ठानिरहन्छन्!
साथीभाइहरूसँग हुँदा उसैको हाँसो चर्को
तर जीवनमा एकदमै एक्लो मानिरहन्छ
यस्तो देखावटीपना छ कि
भिडमा उभिएर नियाल्दा
सबैले उसलाई एकदमै खुसी ठानिरहन्छन्
मनमा निराशा यति कुहिएको छ
आफनो खुसी उसैले खोजिरहँदा
जीवनको घाउ बारम्बार बल्झिरहन्छ!
तर उसले जिन्दगी जिउन छोड्दैन
सबैसँग नाता नि तोड्दैन
निरन्तर प्रयास गरिरहन्छ
दिनमा त्यसैले त ऊ जस्तो भए नि
उसैको संगतको ठूलो जमात छ
अनि फेरि पछि रातमा एक्लोपनाकै साथ छ!