चिचिफुली
बल्लतल्ल
मुस्कुराएकी छिन्
ओठहरू मस्किएका छन्
कारण उनले
नागरिकता पाएर
देशको नागरिक
भएकी छिन्
तर विडम्बना!
उनी
शारीरिक र मानसिक
रुपमा अपरिपक्व छिन्
नागरिकतामा लेखिएको
आफ्नो नाम
ह्रस्व, दीर्घ
इकार, उकार
एकार अहँ!
केही पनि
उच्चारण गर्न
जान्दिनन्
नागरिकता राख्ने
खल्ती, छत छैन
तर पनि
उनी किन र
केका लागि
हाँसिन्?
थेसिस गर्दैछु
म
फिस्स पर्दा
चुहिएका फिक्का र्यालहरू
ल्याबमा अनुसन्धान
गर्दागर्दै
अवाक भएको छु
र एक्कासी
समानान्तर ओठहरू
टम्म भएछ।