सम्झँदै झरेका दुई थोपा
आँसुका धाराले
कविताको शब्द रुझेको छ
सदा सदा आमाकै
मात्र गुनगानमा कतै
लुकेको तिम्रो महिमा
आज बल्ल शब्द र्कोन
कालो कलम भेटाएछु
चटक्कै बिर्सेका मजस्ता छोराछोरीले
तिमीले झेलेका अप्ठ्यारा र
लुकाएका पीडा खै कसरी खोतल्न सक्छु
मजस्तालाई हुर्काउन र पढाउन
तिमीले त्यागेको यो देशको माटो
तिमीले बगाएको पसिनाको खोलोको
ऋण यिनै शब्द सापटीले तिर्दछु
आफू कठिन यात्रा तय गरी
हामीलाई सहज गोरेटो डोराउने
कसरी पूजा गरुँ तिम्रो
ईश्वरभन्दा माथि तिम्रो रुप देख्छु
चाउरिएका गाला अनि फुलेका दारी
सकेसम्म लुकाएर हामीलाई
मिठो मुस्कान दिन्छौ
सारा पीडा बिर्सी कतै
बाध्यताका थुप्रासँगै
रहर कतै भासिएछन्
पुरुष रुन हुन्न भन्ने
समाजको कुरा मान्दा
गुम्साएर आफूभित्र कति बस्यौ होला
परिवारको जिम्मेवारी
ठूलो भारी बोकी हिँड्यौ
बिसन्चोले थला पर्दा
ओछ्यानमा एक्लै भयौ
तिम्रो बयान संसारकै
शब्द किन्दा नपुग्लाकी
धैर्य गर मेरो बाबा
फिर्छन् दिन तिम्रो पनि।