ऊ आयो
गुणगान गायो
आफ्नी प्रेमिकाको
श्रीमतीको
उसकी प्रेमिका
बेसुमार सुन्दर
उसकी श्रीमती
बेसुमार सुन्दर
गुणवती, गुणवान्
उसलाई हेर्यो
दिन बलवान्
यो, ऊ, त्यो
यस्तो, उस्तो, त्यस्तो
मनमा कुण्ठित शब्द
मस्तिष्कमा रसायन
किन उसले
उसकी प्रेमिका
उसकै प्रेमिका
हुनुभन्दा बढी
सुन्दर देख्दैन
किन उसले
उसकी श्रीमती
उसकै श्रीमती
हुनुभन्दा बढी
सुन्दर देख्दैन
कृष्णकी राधा
प्रेमिका
सुन्दर नभएर
श्रीमती नभएकी
मेरी प्रेमिका
मेरी श्रीमती
हुनुभन्दा बढी सुन्दर
हुन सक्दिनन्
कि मैले त्योभन्दा
उसमा सुन्दरता
देख्न सक्दिनँ
किन मेरी प्रेमिका
मेरी प्रेमिका
हुनुभन्दा सुन्दर
किन मेरी श्रीमती
मेरी श्रीमती
हुनुभन्दा सुन्दर
कसरी वर्णन गर्ने
कति सुन्दर छे
हर बिहान हिमाल
पनि उसको हाँसोभन्दा
फिक्का किन हाँसेको
त्यो मुनाल पनि कस्तो फिका नाचेको
मलमल पनि कति खस्रो
मोती पनि कति सस्तो
पूर्णेकै चन्द्र पनि
कस्तो प्रकाशहीन
ऊ मोती हो
होइन त्योभन्दा अनमोल
ऊ देउतालाई चढाउने फूल
होइन त्योभन्दा पवित्र
म कसरी समेटुँ
यति सुन्दर
मात्रै मेरी प्रेमिका
मात्रै मेरी श्रीमती।