खाली थिए
कसैले मलाई उसकै इच्छाअनुसार भर्न खोज्यो
कसैले केही शब्द कोरेर रङ्गिन बनाए
त कसैले विभिन्न आकृति कोरेर जीवन दिन खोजे
ममाथि पटक-पटक लेखियो
खुसीमा कथा लेखे, कविता लेखे, गजल लेखे
लेखे आउने जति सबै लेखे, सन्तुष्टिका भाव लेखे
दुःखमा आफ्ना पीडा पोख्न लेखे, आफ्नो वियोगान्त लेखे
लेखे भाव प्रकट हुने सबै लेखे, लेखे मलमपट्टीका शब्द लेखे
अनि
अब सबैलाई पुग्यो क्यार
सबैको इच्छा पूर्ति भयो
चाइदाको भाँडो, नत्र ठाँडो भने झैँ भएँ
भरिए मेरा हरेक खाली ठाउँ
जब भरिएँ त्यसपछि हो
मैले मेरो महत्त्व गुमाएँ
एक पटक गुमाउनु नै थियो
मैले पनि गुमाएँ आफ्नो महत्त्व
कतै डल्लो परेर डस्टबिनमा फ्याँकिएँ
कतै भुइँभरि, कतै सडक त कतै फोहोरको डंगुरमा
जलाइए म त्यसपछि, कुहिएँ कतै म
अनि गुम्यो मेरो अस्तित्व, जहाँ एकदिन सबैको गुम्छ!