मेरी आमाले मलाई
आफ्नो पिठ्यूमा बोकी
भोट खसाल्न जाँदा
मैले मनमनै आफूलाई
सिकन्दर ठानेको थिएँ
बुलेट र ब्यालेट आम्नेसाम्ने हुँदा
निर्धक्क
मतपेटिका
छानेकी थिइन्
मेरी आमाले
तर विडम्बना!
त्यो मत
बदर भयो
किनकी
मेरी आमाले
मतपत्रमा
ल्याप्चे लगाकी थिइन्
त्यसको म
साक्षी छु
कारण
मेरी आमा
औंठाछाप थिइन्
अनि
एक भोटको
कमिले गर्दा
हाम्रा प्रतिनिधिहरू
पर्दा पछाडि परे
सत्ता र शक्ति
कुनै सन्कीको
पोल्टोमा पर्यो
त्यसैले शिक्षा
हस्ताक्षरको निम्तिमात्र
चेतना त...।