कसले भन्यो प्रेम अमूर्त हुन्छ, अदृश्य हुन्छ?
प्रेम गल्लीको अन्तिमको भिडमय एकान्तमा
मेरो प्रेमको पसल नै छ
हे मायालु तिमीले सोचेजस्तो
न त यो प्रेम खस्केको छ
न त यो प्रेमी गिरेको छ
प्रयोग गरेर उब्रेको वस्तु नै हो बेच्न सकिने
यो बजारमा कोही झुट बेच्छन्
कोही धोका बेच्छन्
कोही यहाँ इश्वर बेच्छन्
तिमी घृणा गर या माया
म यो बजारमा मैलाई बेच्छु
जति म बढी भएको छ मलाई
म त्यो म बेच्छु
प्रत्येक रात प्रत्येक दिन उब्रेको माया बेच्छु
म हरेक दिन फिर्ता हुन नसक्ने प्रेम बेच्छु
यो प्रेममा लफडा छैन
अर्को जन्मको लागि सम्म पुग्ने वाचा छैन
साट्नु पर्ने मुटु छैन
यो प्रेम टुंगिन्छ, सकिन्छ
लत्पतिएको शृंगार मात्रै हो यसको सिमाना
यो प्रेमको त बिछोड समेत आनन्दमयी हुन्छ
किनेर हेर यो प्रेमको अन्त्य त सबभन्दा सुखदायी हुन्छ
सुपथ मूल्यमा छ मेरो प्रेम
फिर्ता नहुने प्रेमसँग तिमी बाँच्न सक्छौ भने
हतार नगर
प्रत्येक दिन प्रत्येक रात बिक्रीमा छ।