सूचना! सूचना!! सूचना!!!
मानिस हराएको सूचना
२०/२१ वर्ष को ठिटो
केही दिनदेखि यता हराइरहेको छ!
आफ्नै व्यथामा हराएको छ
केही आफ्नाहरूको बीच हराएको छ
आफैले देखेको सपनाको हत्यारा हो ऊ
बाध्यताको गुलेलीले रहरहरूको हत्या गरेको छ।
घरको चिन्तामा हराएको छ
बाबा आमाको इज्जत जोगाउन हराएको छ
घरको जेठो सन्तान भएर भएर हो कि
कयौँ समस्याहरूसँग जित निकाल्न हराएको छ।
मायालुको चिन्तामा पिरोलिएको छ
कैयौँ रातहरू च्याट गर्दागर्दै बिताएको छ
आफैले गरेको विश्वासमा लज्जित हुनुपर्ने हो कि
भरै नभएको मान्छेसँग प्रेम बसेको छ।