मैले जब लोक सेवामा शून्य अंक पाएँ
२ को ४ र ४ को ८ छक खाएँ
अन्तः मेरो उपलब्धि शून्यतामा छाए
घरबाट मैले खुब स्यबासी पाएँ
एकैछिन त म खुब रमाएँ
अनि बल्ल ८ को १६ छक खाएँ
मैले मेरो उपलब्धि शून्यतामै पाएँ।
मैले हाजिरीजवाफ
प्रतियोगितामा
खुब अंक ल्याएँ
अनि फलस्वरूप
लोक सेवा लड्नु पर्छ
यो केटोले खुब गर्छ भन्ने
गुरुको त्यो अदभूत ज्ञान पाएँ
अनि बल्ल १६ को ३२ छक खाएँ
मैले मेरो उपलब्धि शून्यतामा पाएँ।
लोक सेवा लड्छु
म त अब खुब पढ्छु भन्दा
मैले पाएको
त्यो शून्य अंक
मलाई खुब गर्छस् भन्ने
गुरुले गन्दा
मैले त
आफूले आफूलाई बिर्सेछु
ओहो!
म त ५ वर्ष बूढो भएछु
त्यो लोकको सेवा
लोक सेवाभन्दा।