उसका स्कुले दिनहरूमा
गाउँको सानो घर
त्यसमा पनि संयुक्त परिवार भएपछि
छुट्टाछुट्टै कोठा कहाँ पुग्थ्यो र सबैलाई?
त्यति बेला उसलाई लाग्थ्यो-
हाम्रो ठूलो परिवार मेरो प्रेमकोको बाधक बन्यो
त्यसैले मैले ठूलो भएपछि
प्रेम गर्नकै लागि भए पनि कोठा बनाउनु पर्छ।
समय चक्र बदलियो उसको
उसले परदेश गएर घर बनाएदेखि
बाधक त हट्यो
तर पनि ऊसँग केबल एकान्त स्मृति बाहेक केही बचेन।