ठूलो ठूलो मेरो बाबु
उमेर सानो होइन
कुरा सबै बुझ्छन् तर
बोली आउने होइन।
ऊ सँगैका साथिभाइले
नोकरी गरे पनि
खुसी हुन्थेँ म त उसले मामु
भन्न सके पनि
भोक लाग्यो ट्वाइलेट लाग्यो
भन्न सक्ने होइन
हातखुट्टा जीउ नै लुलो
जान सक्ने होइन।
दाजुभाइ सँगै हुँदा
खेलिरहन्थिन्
उनको माया धेरै भनी
हेरिरहन्थिन्
ज्वरो आयो आज उसलाई
अलि सन्चो छैन
टाउको दुख्यो होला बरा
भन्न सक्ने होइन।
वरपर गाउँघर तिर
दसैँ आयो भन्छन्
टीका थाप्न जाने भनी
सबै रमाउँछन्
चाडबाड आयो उसलाई छोडी
जान सक्ने होइन
नछोडेर उसलाई कतै
लान सक्ने होइन।
भाइ सँगै स्कुल जान
खोज्छिन् मेरी सानू
घर बस्दा दिक्क भइन्
रुन्छिन् मेरी सानु
उनीजस्तै साथी भेटी
रमाउने ठाउँ छैन र
भनिदेऊ न यो समाज
उनको पनि होइन र?