ऊ चिमाहा केटो हो
किनकी
उसले चाहे राजाले गाली गरून्
या त रङ्कले
वा कलंकले
ऊ रिसाउँदैन
केबल हाँसी मात्र रहन्छ।
तर त्यो कुरा घरका मान्छेलाई मनै पर्दैन
किनकी
उनीहरूको सोचाइमा
ऊ एक सर्वत्र हेपिएको मान्छे हो।
ऊ सधैँ एउटै कपडा लगाउँदा पनि
साथीहरूबाट दर्जनौं पटक हेपियो
तर पनि उसले केही प्रवाह गरेन
किनकी
उसको क्षणभंगुर देह जलिरहँदा
संसार चक्रमा परिरहँदा पनि
मान्छेको मौनताको आशक्ति सिद्धिदैन
भन्ने सन्देश
सबैलाई प्रवाह पनि त गर्नु थियो उसलाई।