उनले भनिन्,
अधिकृत हुन्छु भनी गफ लगाउथ्यौ गएछौ नि खाडी,
खाडी मानी राम्रो काम नपाएर चलाउँछौ रे थोत्रो गाडी।।
तेत्रो वर्ष मलाई कुरायौ नाम निकालेसी बिहे गर्छु,
अझ भन्थेउ तिमीलाई नपाए त म झुन्डिएर नै मर्छु।।
तिम्रो आशमा कुर्दा कुर्दै आज म पनि बूढी भए,
राम्रा राम्रा केटा हेर्न आउदा लभ छ भनि लुक्न गए।।
न त आज मेसेजको रिप्लाई आउँछ न त फोनै लाग्छ,
घरमा त भन्नु हुन्थ्यो त्यो केटा तिमीलाई छाडी भाग्छ।।
घरको कुरा नसुनेर एकोहोरो तिम्रै पछि लाए,
त्यही भएर आखिरीमा आज मैले धोका पाए।।
जे भएनि विदेश जाँदा एक पटक मलाइ भन्नु पर्थो,
सल्लाहले गएको भए आज तिमीसँग मेरो मन यसरी कहाँ मर्थ्यो।।
अनि मैले भनें
प्रिय विदेश आउनु बाध्यता हो, होइन मेरो रहर,
लोक सेवा पढ्दा लागेको ऋण तिर्न लाग्यो मलाइ कहर।।
इच्छा त मेरो पनि धेरै थियो सरकारी जागिर खाने,
चाहना हो तिमीलाई मेरो रानी बनाई बिहे गरी लाने।।
के गर्नु घरकाले दिने भए तिमीलाई म माग्न पनि आउँथें,
तर म जस्तो गरिबले तिमी जस्तो खानदानी केटी मागेर कहाँ पाउँथें।।
तिमीले भने जस्तो अधिकृतको जागिर मैले खाइनँ,
माफ गर प्रिय यो जुनीमा मैले चाहेर पनि तिम्रो हुन पाइनँ।।