चुनाव जितेकाहरू सत्तासिन हुनेछन्।
हाम्रा दु:ख हामी सँगै रहनेछन्।
तल्लो घरे दले दाइको भिसा आयो।
ऊ कतार जाँदै छ।
एक भोटर त कमले पनि हो।
उसले परदेशमै ज्यान गुमायो।
देश भित्र राजधानी छन्।
मान्छेहरू लाई काम दिने ठाउँ पो छैनन्।
करोडौंका गाडी छन्
उद्योगधन्दा पो शून्य छन्।
खुसी छन् वडाध्यक्ष बा.....
उनका नेताले संघको चुनाव जिते
दु:खी त बिर्खे दाइका बा छन्।
जसले डायलासिस गर्न नपाएर छोरो गुमाए।
हाम्रो गाउँमा पो पानी ल्याउन दु:ख छ।
माननीय जी को त फिल्टर गरेको पानी घरमा आउँछ।
हाम्रो भोट पो सानो रकममा किनिन्छ।
तपाईंहरूले त हस्ताक्षर कै पैसा पाइसिन्छ।
म देश खोज्छु।
तपाईं देशभित्रै राजधानी खोज्नुहुन्छ।
म राहदानी खोज्छु।