समय बित्छ
दिन ढल्छ
केबल दिन मात्र ढल्दैन
दिनसँगै बाको उमेर ढल्छ
आमाका सपना ढल्छन्
मेरा आशाहरू सकिन्छन्
दिनहरू कट्दै जाँदा
मौसम र ऋतुहरू फेरिँदै जाँदा
यो हरियो पासपोर्ट मात्र फेरिँदैन
कहिल्यै रातो पासपोर्ट हुँदैन
कास हामी पनि भिआइपी हुँदा हौँ
सधैं रातै सपना देख्थेँ
रातै कार्पेटमाथि सवार हुँदै
मञ्चमा गई बेरोजगार र गरिबी न्यूनीकरण कुरा गर्थें
लुट्नेहरूको पो स्विस बैंकमा पैसा हुन्छ
हाम्रो घरको बाकसमा त ताल्चा पनि छैन।