परिवर्तनको हावा चल्न सक्छ
र बादलले सूर्यलाई छेक्न सक्छ
तर म तिनीहरूलाई आफ्नो चमक चोर्ने कदापि दिनेछैन
किनकी यो यात्राको सुरुआती पाइला मात्र हो ।
मेरो परिवारलाई मैले मेरो हृदय ठानेको छु
त्यसैले म मेरो हृदयलाई युगदेखि युगान्तरसम्म पनि बिर्सने छैन
र गर्वका साथ प्रत्यक कदमहरूलाई आगाडि बढाउने छु
किनकी मेरो हृदयलाई प्रस्ट थाहा छ
कि तिमी बलियो र निडर छौं
म सँग अब पर्खाइ हुनेछैन
किनकी पर्खाइले मलाई पछाडि धकेल्ने प्रयास गर्नेछ
जो म चाहन्नँ
पर्खाइले मलाई अरुसँग मिलाउन जवरजस्त गर्नेछ
जो मलाई आश्यक नै छैन
किनकी म कसैको लागि पर्खिरहेको हुनेछैन
म यात्री हुँ
मेरो यात्रा लामो हुनसक्छ
किनकी यात्रामा अनेकौं बाधाहरू झेल्नुपर्नेछ
त कसैले मबाट केही चोर्ने प्रयास पनि गर्नेछन्
जसरी अहिले म आफूले चोरिरहेको भेट्टाउँछु
अनि मलाई त्यही दिनको पर्खाइ हुनेछ
जुन दिन म भरिपूर्ण भइसकेको हुनेछु
र कैयौँले मबाट केही न केही चोरिरहेको भेटाउने छु
म साहसिक कार्यहरू खोज्नेछु
र अन्जानहरूलाई अंगाल्नेछु
किनकी म मौकाहरू लिन कत्ति पनि डराउने छैन
र मेरो हृदयले आफ्नै स्वरलाई पछ्याउनेछ
म अग्ला-अग्ला पहाडहरू चढ्नेछु
र गहिरा समुद्रहरू पौडिनेछु
किनकी म शीर्षसम्म पुग्न दृढ छु
र म आफैले मेरो उत्कृष्ट परिचय बनाउने छु
मबाट अनेकौँ गल्तीहरू पनि हुनेछन्
बाटोमा भेटिएका ठक्करहरूसँग झेल्नु पर्नेछ
अनि कुनै न कुनै अवस्थामा ढल्नु पर्नेछ
तैपनि म आफुले आफैलाई उठाउनेछु
किनकी म कसैको लागि पर्खिरहेको हुनेछैन
र फेरि रोकिएको यात्रा अघि बढाउनेछु
जे हुनसक्छ होस्
अब म साँच्चीकै थाकिसकेको हुनेछु
कैयौँले सोध्ने प्रश्नहरूदेखि
आफूले जिइरहेको जीवनदेखि
आफूले पूरा गर्न नसकेका ती कैयौँ सपनाहरूदेखि
अनि म आफैदेखि
म साँच्चीकै थाकिसकेको हुनेछ
म चाहन्छु
अब मलाई उड्ने अनुमति दिनुहोस्
म मेरा पखेटा फैलाउने छु
र अनन्त आकाशतर्फ उड्नेछु
अनि विस्तारै विलुप्त भएको पत्तै पाउने छैन
अब फेरि परिवर्तनको हावा चलोस्
र बादलले मेरो दृश्यलाई अस्पष्ट पारोस्
किनकी किनकी म बादलभित्र हराइरहेको हुनेछु
मैले अनन्तसम्मको यात्रा तय गरिरहेको पाउनेछु
अब मसँग केवल जीवनमा भोगिसकेका अनुभवहरू मात्र हुनेछन्
जीवन के हो
जीवनको परिभाषा
र जीवन जिउने तरिकाहरू
साँच्चीकै म अब पूर्ण भइसकेको हुनेछु
अब म आफैलाई
जीवनमा पूर्णरूपमा भरिपूर्ण भइसकेको पाउनेछु
त्यसपछि मलाई एउटै समयको पर्खाइ हुनेछ
जसलाई मैले पनि अहिलेसम्म देखेकै छैन।