फोर लेन घोराही-तुल्सिपुर सडक खण्ड हो
फोर लेन सडकजस्तै
अस्तव्यस्त छ
मेरो जिन्दगी पनि
कथा उस्तै छ
व्यथा उस्तै छ
फोर लेन र्निजीव छ
म
सजीव छु
बस्
फरक यत्ति हो
उसलाई गाडीका भारहरू
थिचिरहेका छन्
मलाई ऋणका
भारहरूले
थिचिरहेका छन्
तर पनि
कथा उस्तै छ
व्यथा उस्तै छ
र त म भन्छु
फोर लेन सडकजस्तै
अस्तव्यस्त छ
मेरो जिन्दगी पनि।