म कस्तो छु?
खोई म कस्तो छु?
कहिले लाग्छ म आफैं जस्तो छु,
कहिले लाग्छ म अरू जस्तो छु,
थाहा छैन मलाई कि म कस्तो छु,
आफैं जस्तो छु वा अरू जस्तो छु।
म कस्तो छु, म कस्तो छु?
कहिले आफ्नै स्वाभिमानमा अडिग
कमर्ठ योद्धा जस्तो छु
कहिले आफ्नै परछाइसँग भागी हिँडने
कायर मनुवा जस्तो छु
म कस्तो छु, म कस्तो छु?
आफैं जस्तो छु वा अरू जस्तो छु?
हो म हिजो जस्तो थिएँ आज त्यस्तै छु
हिजो जस्तो थिएँ, आज त्यस्तै छु।
तिमी स्वीकार वा नस्वीकार मलाई
म यस्तै छु, म यस्तै छु,