स्वाभिमानी शिरमा देश हुनुपर्छ
माया देशको गर्ने परिवेश हुनुपर्छ।
देश हाँसे सँगै हामी हाँस्न सक्छौ
देश बाचे हामी पनि बाच्न सक्छौ।
यहि देशका सन्तान हामी गर्नु पर्छ कर्म
भाषा अनि संस्कृतिलाई जोगाउनुपर्छ।
नेपाली भई नेपालको बुझ्नुपर्छ मर्म
मातृभूमिको माया त्यहि हो मानव धर्म।
संसारले चिनेको छ वीरताको गाथा
बहु भाषा धर्म अनेकतामा एकता।
छरिएर हामी आज जहाँ जहाँ छौ
सबैभन्दा पहिले हामी नेपाली हौ।