थाहा छैन मलाई
जानिफिकरहरू
जीवनलाई
के भनी व्याख्या गर्छन्
र
यो पनि थाहा छैन मलाई
जानिफिकरहरू
चाहेरै सही बाटो हिँड्छन्
वा
चाहेरै गलत बाटो छोड्छन्
तर
म
र थुप्रै मजस्ता महरू
जब नचाहँदा नचाहँदै
गलत बाटो हिँड्न पुग्छौँ
र
चाहँदा चाहँदै पनि
सही बाटो छाड्न पुग्छौँ
अनि
जीवनलाई
सम्झौता भनी व्याख्या गर्छौं।