जवानीलाई बन्धक बनाएर परदेशको बाटो तय गर्दा
बाले सम्झाउनु भएका शब्दहरू
आमाले झारेका आँसुहरू
मिटरब्याजीहरूका प्रहारहरू
म धेरै आशक्त हुन्छु
त्रिभुवन विमानस्थलबाट जहाज उड्दा
कफिनमा प्याक भएर आइन्छ कि भनेर लाग्ने
डर पनि समाप्त हुन्छ
बाको जवानी परदेशले लुट्यो
मेरो पढाइको हैसियत त्यहाँसम्म मात्र पुग्यो
मैले राहदानी विभागमा अनलाइन आवेदन दिनसक्ने भएँ
गरिबीले अनागरिक भएकाहरू
पुर्खाहरूका कारण गोरखाली भनेर चिनिए
रेमिट्यान्स आउँदा त्यसमा रगतका थोपा देख्नु हुन्न
कयौंपटक रगत बचेर साससँग समझौता गरिन्छ।