बाले संघर्ष सिकाए
आमाले ममता बुझाइन्
सपनाले बाध्यता देखाए
अनि सम्बन्धले परिस्थिति देखाए
अझै आश छ ममा
कुनै दिन उठ्नेछु
सम्हाल्नेछु
ती गुल्झिरहेका घरहरू
थाम्नेछु ती चाउरिएको बाबाआमाका हातहरू
अनि देखाउने छु ती सम्बन्धलाई कि
हरेक परिस्थितिमा कसरी साथ दिने भनेर
अनि
सिकाउने छु
ती साना नानीबाबुलाई
जीवन यसरी चल्दैन
चल्न त यहाँ जिन्दगी चल्छ
तर पनि
चलेको जस्तो आभास हुँदैन
चलेको जस्तो अनुभूति हुनु र साँच्चिकै चल्नुमा
केही त फरक पक्कै होला
हुन त जीवन त संघर्ष रहेछ
गरिबलाई पनि छुट दिँदैन र धनीलाई पनि
हो, साथी
गरिब खान-लाउन संघर्ष गर्छ
धनी त्यही लाएको खाएको देखाउन संघर्ष गर्छ
जीवनको यात्रा
गन्तव्य खोज्दै।