आजकल म मान्छे जस्तो छैन
मभित्र हिंसाको हिस्सा छ
त्यसैले म हिंस्रक मान्छे हुँ
म आफैं आफूजस्तै पनि छैन।
आजकल म मान्छे जस्तो छैन
मैले मान्छेलाई हेर्न दृष्टि फरक छ
म समानता भित्रको कालमा छु
म आफैं आफूजस्तै पनि छैन।
आजकल म मान्छे जस्तो छैन
मभित्र पशुत्वको भावहरू छन्
मेरा स्वभावहरूमा मान्छे छैन
म आफैं आफूजस्तै पनि छैन।
आजकल म मान्छे जस्तो छैन
ममा विचित्रको विपरीत भाव छ
आशयहरूमा आफ्नु बाहेक छैन
म आफैं आफूजस्तै पनि छैन।
आजकल म मान्छे जस्तो छैन
ममा अनौठो भोक जागृत छ
अनन्त प्राप्ति लक्ष्य भरिएको
म आफैं आफूजस्तै पनि छैन।
आजकल म मान्छे जस्तो छैन
म जडत्व स्थुल शरीरको खोलमा
आशाहरूको अपराध बुनिरहेको
मान्छेको रूपमा बुख्याचा भैरहेछु।