नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अछाम क्षेत्र नम्बर-२ मा चिठ्ठा हालेर महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ।
सांसद रामबहादुर बिष्ट वर्तमान क्षेत्रीय सभापति रहेका लक्ष्मण शाहसँग चिठ्ठा नपरेपछि पराजित भएका छन्। बिष्ट अछामबाट प्रतिनिधि सभा सदस्य छन्।
त्यसअघि सहमति नभएपछि भएको निर्वाचनमा उनीहरू दुबैले समान ३ सय ८७ मत पाएका थिए।
मत बराबर भएपछि चिठ्ठा प्रक्रियाबाट प्रतिनिधि चयन गर्ने निर्णय गरिएको थियो। चिठ्ठामा सासंद बिष्ट पराजित भएको नेपाली कांग्रेस अछामका निवर्तमान पार्टी सभापति चन्द्रप्रसाद ढुंगानाले जानकारी दिए।
शाह १३ औं महाधिवेशनमा पनि क्षेत्रीय सभापतिमा बराबर मत पाएपछि गोला प्रथाबाटै विजयी भएका थिए।