नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन्।
बराल सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।
बरालले ९ सय ९५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी सुदीपमोहन भट्टराईले जम्मा ९ सय १५ मत मात्रै ल्याएका थिए।
पहिलो चरणमा सभापतिमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा निर्वाचन गरिएको थियो।
कास्की कांग्रेस सभापतिमा पहिलो चरणमा ५ जना उठेका थिए। बराल शिक्षक संघको राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय हुँदै आएका हुन्।