पूर्वभूमि सुधार सहायक मन्त्री जनकराज गिरीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आज पत्रकार सम्मेलन गर्दै उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ। मंसिर २१ मा मनोनयन दर्ताको समय छ।
गिरीले महाधिवेशन प्रतिनिधिमा पनि बाजुरामा धेरै मत ल्याएर जितेका थिए।