नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन्।
श्रेष्ठ सभापति शेरबहादुर देउवानिकट हुन्।
श्रेष्ठले छ सय ६५ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी रामकृष्ण चित्रकारले छ सय ५३ मत मात्रै पाएका थिए। उनीहरू दुबै देउवानिकट मानिन्छन्।
श्रेष्ठलाई नेता उदयशम्शेर राणाको पनि समर्थन थियो। शनिबार भएको अधिवेशनबाट कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि आज दोस्रो चरणमा मतदान भएको थियो।