नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्।
आज बिहान आएको मतपरिणामअनुसार अधिकारीले एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्।
सभापतिका अर्का उम्मेदवार भीम ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए।
सभापतिमा निर्वाचित अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।
सभापतिका अर्का उम्मेदवार ढुंगानालाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन थियो।
अधिकारी प्यानलबाटै अधिकांशले कार्यसमितिमा जितेका छन्।