नेपाली कांग्रेस मोरङमा जिल्ला सभापति पदका लागि फेरि मतदान हुने भएको छ।
सभापतिका उम्मेदवारहरू कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणमा मतदान हुने भएको छ।
मोरङमा तीन हजार चार सय १४ मत खसेको थियो।
सभापतिका उम्मेदवार डिगबहादुर लिम्बुले एक हजार पाँच सय ४४ मत ल्याएका थिए। अर्का उम्मेदवार दिलिप गच्छदारले एक हजार एक सय ६६ मत ल्याएका थिए भने अर्का उम्मेदवार यदुकुमार विष्टले पाँच सय ६३ मत ल्याएका थिए।
अब धेरै मत ल्याउने दुई जनाका बीचमा आज मतदान हुने भएको छ।
लिम्बु नेता शेखर कोइरालानिकट हुन् भने गच्छदार सभापति शेरबहादुर देउवानिकट छन्।