नेपाली कांग्रेस रसुवाको सभापतिमा पेम्वाछिरिङ तामाङ सर्वसम्मत चयन भएका छन्।
तामाङ सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।
रसुवामा प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशन सोमबारदेखि एकैसाथ सुरू भएको थियो।
तामाङ यसअघि पनि रसुवा कांग्रेस सभापति नै थिए।
उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ चयन भएका छन् भने सचिवमा उत्तम थापा र लक्ष्मण देवकोटा चयन भएका छन्।
सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन्।
२६ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन्।
रसुवामा वडा अधिवेशनपछि अन्य अधिवेशन रोकिएका थिए। कांग्रेसको केन्द्रीय निर्वाचन समितिबाट नयाँ निर्वाचन अधिकृत पठाएपछि अधिवेशन सकिएका छन्।
रसुवामा क्रियाशील सदस्यतामा पनि लामो समयसम्म विवाद देखा परेको थियो।