नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापति पदमा सांसदसमेत रहेका कांग्रेस नेता भरतकुमार शाहले उम्मेदवारी दिने भएका छन्।
यही मंसिर १७ मा प्रदेश सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ।
प्रतिनिधि सभा सांसद रहेका शाह सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। शाह संघीय लेखा समितिका सभापति पनि हुन्।
शाहले मंगलबार बुटवलमा आयोजित कार्यक्रममा यसपालि लुम्बिनी प्रदेश सभापति पदका लागि उम्मेदवारी दिने बताएका थिए।
कांग्रेसले यही मंसिर १८ मा सातै प्रदेशमा प्रदेश अधिवेशन गर्न लागेको छ।
प्रदेश अधिवेशनमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले प्यानलसहित उम्मदेवारी दिने तयारी गरेका छन्।