नेकपा मालेका महासचिव सीपी मैनालीले न्यायपालिकामा भागबण्डा गरेर शासन गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता मैनालीले अहिले न्यायपालिकामा भागबण्डा गरेर शासन चलाएको आरोप लगाए।
उनले संसदीय व्यवस्था पटक–पटक असफल भएको भन्दै सुधारेर ल्याएको संसदीय व्यवस्थालाई सुध्रिएजस्तो बनाउनुपर्ने धारणा राखे।
सभामुखले न्याय दिएनन् भनेर प्रतिपक्षी दलले संसद अवरुद्ध गरेको भन्दै मैनालीले यो अवस्थामा मुलुकलाई निकास दिन कांग्रेसले भूमिका खेल्नुपर्ने बताए।
नेता मैनालीले नेपालमा व्यवस्था धेरै परिवर्तन भए पनि नागरिकको अवस्थामा परिवर्तन नभएको जिकिर गरे।
उनले नेपालको परिवर्तनसँगै बाह्य अवाञ्छित हस्तक्षेप र प्रभाव यथावत रहेको बताए।
मैनालीले राष्ट्रयिताको कुरा गर्ने राजनीतिका दलको यस तर्फ ध्यान नगएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नेपालमा प्राप्त हरेक अधिकार बाह्य हस्तक्षेपको कारण गुमेको उनले बताए।