नेपाली कांग्रेसको १४ औं महाधिवेशनको बन्दसत्र आजदेखि नै सुरू हुने भएको छ।
राजधानीको भृकुटीमण्डपमा आजदेखि नै सुरू भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्दसत्र पनि प्रारम्भ गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
उनका अनुसार अबको ४५ मिनेटपछि बन्दसत्र भृकुटीमण्डपमा हुनेछ।
बैठकमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको संगठन प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पेश हुने र छलफलपछि अनुमोदन गर्ने बताइएको छ।
भोलि उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोमबार बिहान ८ बजेदेखि मतदान हुनेछ।
कांग्रेस निर्वाचन समितिका अनुसार महाधिवेशनमा ४७४३ प्रतिनिधि, केन्द्रीय सदस्य र पदाधिकारी सहभागी हुनेछन्। मतदाता नामावली प्रकाशित भइसकेको निर्वाचन समितिले जनाएको छ।