महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका नेताहरू छलफलमा जुटेका छन्।
काठमाडौंको बत्तीसपुतलीमा शुक्रबार साँझ पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालासहित त्यो समूहमा रहेका केन्द्रीय सदस्यहरू छलफलमा जुटेका हुन्। सर्वसम्मत सभापतिको उम्मेदवार तय गर्नेबारे छलफल भएको हो।
चार दिनदेखि निरन्तर यो समूहका नेता छलफलमा जुटे पनि सभापति उम्मेदवार तय भएको छैन।
प्रकाशमान र शेखर आफैं सभापति उठ्ने बताइरहेका छन्। एक जना मात्रै सभापतिको उम्मेदवार तय गर्न यो समूहले छलफल गरिरहेको छ।
जसको नाममा सहमति हुन्छ उसैलाई सर्वसम्मत सभापति उम्मेदवार बनाएर जाने तयारी उनीहरूको छ।