नेपाली कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा इतर समूहका महाधिवेशन प्रतिनिधिले सभापतिमा साझा उम्मेदवार तय गर्न माग गर्दै नाराबाजी गरेका छन्।
शुक्रबार साँझ बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सभापतिमा साझा उम्मेदवार चयन गर्न भन्दै पौडेलसहित नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला लगायत केन्द्रीय सदस्य छलफलमा जुटेका छन्।
सभापतिमा साझा उम्मेदवार कायम गर्ने निर्णय छिटो गर्न दबाब दिँदै महाधिवेशन प्रतिनिधिले बैठकस्थलमा नाराबाजी गरेका हुन्।
नेताहरू भित्र छलफल गर्दा बाहिर महाधिवेशन प्रतिनिधिले छिटो सभापतिको उम्मेदवार तय गर्न माग गर्दै नाराबाजी गरेका छन्।
पौडेलसहित सभापतिमा चार नेता आकांक्षी रहेकोमा सर्वसम्मत उम्मेदवार बन्ने भए पौडेल र शशांकले आफू सभापति नउठ्ने बताइरहेका छन्। तर प्रकाशमान र शेखरबीच कसले कसलाई छाड्ने सहमति भएको छैन।
उनीहरू सहमत नभए पौडेललाई नै सभापतिमा अघि सार्ने तयारी छ।