नेपाली कांग्रेसको १४औं महाधिवेशनको जारी बन्दसत्रमा तीन प्रतिवेदनमाथि छलफल भएको छ।
शुक्रबार राति ९ बजेदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरू भएको थियो। उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति, अनुसन्धान तथा अध्ययन प्रतिवेदन, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काले बनाएको संगठन प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले पेस गरेको आर्थिक प्रतिवेदनमा बन्दसत्रमा छलफल भएको छ।
बन्दसत्रमा पदाधिकारी, केन्द्रीय सदस्य र ४७४३ जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।
सबै प्रतिवेदनमाथि छलफल गरेर शुक्रबारै ती प्रतिवेदन अनुमोदन गर्दै बन्दसत्र सक्ने कार्यक्रम छ।