कांग्रेस सभापतिमा प्रकाशमान सिंहले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्दैछन्।
कांग्रेस १४ औं महाधिवेशनमा उनले सभापतिमा उम्मेदवारी दिँदैछन्।
सिंहदरबारको बग्गिखाना नजिक रहेको ड्राइभिङ स्कुलमा कार्यक्रम गरी उनले उम्मेदवारी घोषणा गर्दैछन्। अहिले उनी समर्थकले बाजागाजासहित नाचगान गरिरहेका छन्।
पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूचीअनुसार साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
महाधिवेशनमा चार हजार ७४३ प्रतिनिधि सहभागी छन्।
कांग्रेसमा संस्थापन र संस्थापनइतर समूह प्यानलसहित चुनावी मैदानमा उत्रने तयारीमा छन्। तर दुवै समूहले उम्मेदवारको टुंगो अझै लगाएका छैनन्।
संस्थापन समूहबाट सभापतिमा शेरबहादुर सभापतिमा उठ्ने तय भइसकेको भए पनि संस्थापनइतरबाट कसलाई उठाउने भन्ने तयारी अहिलेसम्म भएको छैन।