नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइराला सभापतिमा उठ्ने भएका छन्।
शनिबार दिउँसो नेताहरूबीच व्यापक छलफलपछि सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको हो।
कोइराला प्यानलबाट सहमहामन्त्रीको उम्मेदवारमा देवराज चालिसे (खस आर्य), बद्री पाण्डे (पिछडिएको क्षेत्र), जीवन परियार (दलित) , कमला पन्त (महिला), रामकृष्ण यादव (मधेसी), विकास लामा (जनजाति), तेजुलाल चौधरी (थारू) र अल्पसंख्यकबाट वकिल मियाँ लगायत छन्।
संस्थापनइतर समूहको साझा उम्मेदवार अब शेखर भएको उनको सचिवालयले जनाएको छ।
यसअघि यो समूहबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा उठाउने भने पनि अन्तिम समयमा शर्मा अँटाएनन्।
शेखरले सबै पदमा उम्मेद्वार टुंग्याएर प्यानलसहित बाल्मिकी क्याम्पसबाट र्याली निकालेर उम्मेदवारी दर्ता गराउन जाने भएको छ।
शशांक कोइराला पनि शेखरकै टिमबाट खुला केन्द्रीय सदस्यमा उठ्ने भएका छन्।
‘उहाँको नाम खुला केन्द्रीय सदस्यमा १ नम्बरमा छ,’ डा. मिनेन्द्र रिजालले भने।