नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सुनिल थापाले उम्मेदवारी दर्ता गरेका छन्।
राप्रपाबाट कांग्रेस प्रवेश गरेका उनले १४औं महाधिवेशनअन्तर्गत सुरू भएको मनोनयन दर्ताका क्रममा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
राप्रपाका तत्कालीन अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर छोरा उनी कांग्रेसको सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
कांग्रेस प्रवेश गर्दा सह-महामन्त्री बनाइए पनि चुनावी प्रतिस्पर्धामा भने थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्।
शनिबार बिहान ११ बजेपछि सुरू भएको मनोनयन दर्ता प्रक्रिया साँझ ५ बजेसम्म रहने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
यसअघि केन्द्रीय सदस्यमा अर्जुननरसिंह केसी र डा. रामशरण महतले पनि उम्मेदवारी दिएका छन्।