नेपाली कांग्रेसको १४ औं अधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, उनको प्यानलबाट सुजाता कोइरालाले उपसभापति र विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन्। सहमहामन्त्रीमा भने उम्मेदवार तय गरिएको छैन।
यसअघि गगन थापा र शर्माले एउटै टिमबाट महामन्त्री उठ्ने दाबी गरिएको थियो।
पार्टी सभापति शेरबहादुर देउवानिकट रहेका शर्मा देउवाको प्यानलबाट महामन्त्री नपाउने भएपछि नयाँ टिम बनाएर महामन्त्री उठ्न लागेका थिए।
केन्द्रीय सदस्य शेखर कोइरालालाई सभापतिमा उठाएर उनकै टिमबाट महामन्त्रीमा उठ्ने शर्माको योजना थियो। तर उनी टिममा परेनन्।